फिफा विश्वकप : आज समूह चरणका अन्तिम दुई खेल हुँदै
नेपालखोज
२०८० साउन १८ गते ७:३१

काठमाडाैं । फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज समूह एचका अन्तिम खेल हुन लागेका हुन् ।
समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन् । दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन् ।
आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ। यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ। र, समूह चरणबाट बाहिरिसकेको छ ।
कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ । यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ। हिजो भएका खेलमा विश्वकपमा बलिया टोली मानिएका अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया