आइतबार, पुष ६, २०८२

क्यानाडाका पीएम जस्टिन र उनकी श्रीमती अलग हुने

नेपालखोज २०८० साउन १८ गते ८:१०

काठमाडाैं । क्यानाडाका पीएम जस्टिन ट्रूडो र उनकी श्रीमती सोफीले अलग हुने घोषणा गरेका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले एक – अर्का सँग अलग भएको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए । सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका छन् ।

जस्टिन ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी तपाईलाई जानकारी गराउन चाहन्छौं कि धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले अलग हुने निर्णय गरेका छौं। एकअर्काको माया र सम्मानका साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।

उक्त पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह समेत गरिएको छ। जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानाडाका प्रधानमन्त्रीको कार्यालयले दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताएको छ । उनिहरु दुवै सार्वजनिक कार्यक्रममा सँगै देखिनेछन् । यद्यपि पछिल्ला केही वर्षहरूमा उनिहरु सार्वजनिक फोरमहरूमा विरलै देखिएका छन्।

प्रतिक्रिया