वर्षामा कपालको स्याहार कसरी गर्ने ?
नेपालखोज
२०८० साउन १८ गते ११:११

तातो तेलले हप्तामा दुई पटक मसाज गर्नुहोस् । यसबाट केशलाई पोषण प्राप्त हुनेछ भने टाउकाको रक्त संचालन पनि सहि रहनेछ ।
भिजेको कपाललाई चिसै नछोड्नुहोस् । यसलाई राम्रो सँग सुकाउनुहोस् । वर्षाको पानी लामो समयसम्म कपालमा रहँदा कपाल कमजोर हुन्छ ।
कपाल सुकाउन हेयर ड्रायरको प्रयोग कहिल्यै नगर्नुहोस् । यसलाई प्राकृतिक रूपमा सुकाउनुहोस्।
भिजेको कपाल सुकाउन बल प्रयोग नगर्नुहोस् वा नरगड्नुहोस् । यसले केशको जरा कमजोर बनाउँछ ।
यो मौसममा टाउको बाट पनि पसिना आउँछ त्यसैले हप्तामा दुई – तीन पटक केश धुनुहोस् अनि कन्डिसनर लगाउनुहोस्।
सम्बन्धित

प्रतिक्रिया