भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै
नेपालखोज
२०८० साउन १८ गते ११:५८

काठमाडाैं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउने भएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन ।
बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित








प्रतिक्रिया