शनिबार, वैशाख २९, २०८१

Samsung Galaxy F34 5G बजारमा आउँदै

नेपालखोज २०८० साउन १८ गते १६:४७

काठमाडौं । यहि अगस्त ७ मा बजारमा आउन लागेको Galaxy F34 5G क्यामेरा देखि ब्याट्री सम्मको दृष्टिले एउटा बलियो फोन हो ।

सामसुङले आफ्नो नयाँ स्मार्टफोन Galaxy F34 5G मा पनि एफ सिरिज उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने बताइएको छ । यो सिरिजको पछिल्लो संस्करणमा ५० एमपी नो शेक क्यामेरा, ६००० एमएएच ब्याट्रीसहित १२० हर्ज सुपर एमोलेड डिस्प्ले जस्ता सुविधाहरू उपलब्ध हुनेछन् ।

Galaxy F34 5G मा ५० एमपीको (OIS) नो शेक क्यामेरा दिइनेछ । यसमा प्रयोगकर्ताले धेरै रुचाएको नाइटग्राफी फिचर पनि दिइएको छ । यो अहिलेसम्म फ्ल्यागशिप सिरिजमा मात्र उपलब्ध थियो । यो फोनले स्पोर्ट फन मोडलाई पनि सपोर्ट गर्नेछ जसले १६ फरक इनबिल्ट लेन्स इफेक्ट प्रदान गर्दछ । यो स्मार्टफोनमा सिंगल टेक सुविधा पनि दिइएको छ जसले एकै शटमा ४ वटा भिडियो तथा ४ फोटो खिच्न सक्छ ।

डिस्प्ले : F34 5G मा ६.५ इन्चको FHD+ सुपर AMOLED 120Hz डिस्प्ले रहनेछ। यसको डिस्प्ले गोरिल्ला ग्लास ५ प्रोटेक्शनको साथ आउँने बताइएको छ । भिजन बूस्टर टेक्नोलोजी तथा १००० निट्स पीक ब्राइटनेसका साथ प्रयोगकर्ताहरूले यसमा राम्रो दृश्य अनुभव प्राप्त गर्नेछन् । F34 5G ले यसमा बिना चिन्ता सामग्रीको आनन्द लिन नीलो प्रकाशको सुरक्षा प्रदान गर्दछ।

ब्याट्री : ग्यालेक्सी F34 5G मा ६,००० एमएएचको ठूलो ब्याट्री दिइनेछ । यसको ब्याट्री लामो ब्राउजिङ र भिडियोहरु हेर्दा २ दिनसम्म कम्पनीको दाबी छ ।

डिजाइन : सामसुङको F34 5G मा प्रिमियम ग्यालेक्सी डिजाइन दिइनेछ । यो फोन इलेक्ट्रिक ब्ल्याक तथा मिस्टिक ग्रीन गरी दुई रंगमा आउनेछ।

प्रतिक्रिया