वर्षामा कारको ब्याट्रीको हेरचार कसरी गर्ने ?

नेपालखोज २०८० साउन १८ गते १५:४९

काठमाडौं । अन्य कम्पोनेन्टहरू जस्तै कारको ब्याट्रीलाई पनि विशेष हेरचाह चाहिन्छ । त्यसमा पनि वर्षामा यसको विशेष ख्याल राख्नुपर्छ ।

-लामो समयसम्म आफ्नो कारलाई बेवास्ता नगर्नुहोस् र नगुडाइ थन्क्याएर नराख्नुहोस । यदि कार धेरै दिन देखि नचलि लगातार बन्द छ भने ब्याट्री राम्रोसँग रिचार्ज गर्न सक्षम हुनेछैन ।

-ब्याट्रीलाइ नियमित रूपमा सफा गर्नुहोस्। प्राकृतिक चीजहरू जस्तै फोहोर, धुलो वा ओसका कारण कारको ब्याट्रीमा नकारात्मक प्रभाव पार्न सक्छ।

-कार भित्रका इलेक्ट्रोनिक सामानहरू अनावश्यक रूपमा प्रयोग नगर्नुहोस्।

-गाडिको हेडलाइट वा भित्री बत्तीहरूका साथै इन्फोटेनमेन्ट सिस्टमलाई इन्जिन नचलाइ सञ्चालन गर्दा बढि ब्याट्री खेर जान सक्छ।

प्रतिक्रिया