खतरामा सम्पदा

इटालीको प्रसिद्ध सहर भेनिस अहिले जोखिममा छ । युनेस्कोले भेनिसलाई खतराको सामना गरिरहेको विश्व सम्पदाको सूचीमा राख्न सिफारिस गरेको छ ।
भेनिसलाई जलवायु परिवर्तन तथा पर्यटकहरुको भिडबाट जोगाउन इटालीको प्रयास पर्याप्त नभएको युनेस्को को तर्क छ । यसअघि २०२१ को समितिको बैठकमा युनेस्कोले भेनिसलाई कालोसूचीमा राख्ने चेतावनी दिएको थियो ।
नहर र सांस्कृतिक स्थलहरूका लागि प्रसिद्ध भेनिस धेरै वर्षदेखि ओभर पर्यटनको शिकार भएको छ । २०१९ कार्निवलमा त्यहाँ एकै दिन लगभग १९३००० मानिस पुगेका थिए ।
पर्यटकको सङ्ख्या नियन्त्रण गर्न भेनिसले डे(ट्रिपरका लागि स्पेशल ल्याउने योजना बनाएको भए पनि त्यसमा देखिएको आपत्तिका कारण ढिलाइ भैरहेको छ ।
युनेस्को विश्व सम्पदा केन्द्रका विशेषज्ञहरूले नियमित रूपमा संसारभरका १,१५७ वटा विश्व सम्पदा स्थलको समीक्षा गर्छन् । युनेस्कोका २१ सदस्य राष्ट्रको समितिको बैठक सेप्टेम्बर २०२३ मा बस्दैछ । यसमा दुई सयभन्दा बढी विश्व सम्पदा क्षेत्रको समीक्षा गरी कुन–कुनलाई खतराको सूचीमा राख्ने भन्ने निर्णय हुनेछ ।

प्रतिक्रिया