शुक्रबार, वैशाख १२, २०८२

यी ४ कुराले मानिसलाई राख्छ सधैं अगाडि

नेपालखोज २०८० साउन २० गते ५:५९

महान् विद्वान आचार्य चाणक्यले आफ्नो नीतिमा जीवन जिउने धेरै तरिका र सफलता प्राप्त गर्ने धेरै रहस्य बताएका छन् । आचार्य चाणक्यले केही यस्ता श्लोकहरू लेखेका छन् जसले व्यक्तिलाई सफलता प्रदान गर्नुका साथै जीवनका धेरै समस्याहरूको समाधान पनि दिन्छ । आचार्य चाणक्यले बताएका केही विशेष नीतिले हामिलाई अरुको तुलनामा चार कदम अगाडि राख्छ ।

आचार्य चाणक्यले भनेका छन् – मानिसले आफुलाई संसार अनुरुप ढाल्नुपर्छ । चाणक्यका अनुसार व्यक्तिको अधिक सीधापन पनि कहिलेकाहीँ उसका लागि समस्याको कारण बन्न सक्छ। चाणक्य नीति अनुसार धेरै ठाउँमा मानिसहरूले व्यक्तिको सीधापनको गलत फाइदा उठाउँछन् । त्यसैले अलिकति चलाखी पनि जरुरी छ ।

आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिले आफ्नो भविष्य सुधार्न आफू वरपरका मानिसहरू कस्ता छन् भनेर हेर्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हाम्रा साथीहरू असल हुनुपर्छ । यसका साथै पैसा कमाएर मात्र पुग्दैन पैसा खर्च गर्ने सही तरिका पनि जान्नुपर्छ ।

यी बानीहरूका कारण हामी आफ्नो भविष्य सजाउन सक्छौं । आचार्य चाणक्यले भनेका छन् – हरेक मानिसमा केहि न केहि प्राप्त गर्ने लोभ हुन्छ । धेरै ठाउँमा लोभका कारण मानिसले सत्यको साथ पनि छोड्छ ।

एउटा कुरा पाउन कयौं पटक मानिसहरु गलतको सहारा लिन्छन् । त्यसैले जब कुनै निर्णय लिइन्छ सही र गलत दुवैका बारेमा सोचेर मात्र निर्णय गर्नुपर्छ ।

आचार्य चाणक्य भन्छन् – मानिसमा गुण हुनुपर्छ । आफ्नो गुण कै कारण मानिसले धनीहरु बिच पनि आफ्नो पहिचान बनाउन सफल हुन्छ । चाणक्यले भनेका छन् – मानिस आफ्नो पद र धनले महान बन्दैन तर आफ्नो गुणले धनी हुन्छ।

प्रतिक्रिया