शनिबार, पुष ५, २०८२

युक्रेनी ड्रोनले गर्याे रुसी तेल ट्याङ्कर आक्रमणय 

नेपालखोज २०८० साउन २० गते १५:३९

मस्को । शयुक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी) ले शनिबार जनाएको छ ।

एमआरसीसीले ट्याङ्करका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्याङ्करलाई मद्दत गर्न उद्धारकर्ता र दुईवटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

क्राइमियाको पूर्वी छेउमा रहेको केर्च शहरका बासिन्दाहरूलाई चकित पार्ने चर्को आवाज सहित शनिबार बिहान सो आक्रमण भएको थियो ।

मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।

प्रतिक्रिया