एक महिने प्रशिक्षणका लागि ६ जना खेलाडी भारत जाँदै
नेपालखोज
२०८० साउन २० गते १८:५४

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले एक महिने प्रशिक्षणका लागि ६ जना खेलाडीलाई भारत पठाउने भएको छ ।
शनिबार क्यानले कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाउने निर्णय गरेको हो ।
यी खेलाडीहरू मुख्य प्रशिक्षक मोन्टी देसाइको निरीक्षणमा टेलर मेड प्रशिक्षण सत्रमा सहभागी हुनेछन् ।
सम्बन्धित

प्रतिक्रिया