प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
नेपालखोज
२०८० साउन २० गते २०:२७

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन संवाद भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई मोदीले फोन गरेका हुन् । त्यसक्रममा द्विपक्षीय हितका विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।
टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहको समझदारीलाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया