भारतको केदारनाथ पहिराेमा ज्यान गुमाउनेलाई प्रधानमन्त्रीकाे श्रद्धाञ्जलि
नेपालखोज
२०८० साउन २० गते २१:१६

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिराेमा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
‘गौरीकुण्डमा पहिरामा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, उनले भनेका छन् ‘बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।’
सम्बन्धित

प्रतिक्रिया