समयमै गर्नुस् यी ३ काम !

आचार्य चाणक्यले भनेका छन् – प्रत्येक व्यक्ति कुनै न कुनै उद्देश्य लिएर जन्मिएको हुन्छ । सबैको जीवनमा कुनै न कुनै उद्देश्य हुन्छ । मानव जीवनलाई सार्थक बनाउन मानिसले आफ्नो जीवनमा यस्ता काम गर्नुपर्छ जसले गर्दा जीवनमा सुखद फल प्राप्त हुन्छ । चाणक्यले हरेक व्यक्तिले आफ्नो जीवनमा गर्नै पर्ने तीनवटा कुरा बताएका छन जसले गर्दा उनीहरुले सुख र सफलता प्राप्त गर्छन् ।
धर्मको पालना
चाणक्य नीति अनुसार मानिसले सबै कुरा धर्मको अधीनमा गर्नुपर्छ । धर्म अनुरुप काम गर्ने व्यक्ति कहिल्यै दुखी हुँदैन । उसको जीवनमा समस्या पनि थोरै समयका लागि आउँछन् । धर्मले मानिसलाई सही बाटोमा डोहोर्याउँछ । धर्मले व्यक्तिमा सत्यता र इमानदारीको भावना ल्याउँछ।
धनको बचत
चाणक्य नीति अनुसार मानिसले आफ्नो जीवनमा धनको ख्याल गर्नुपर्छ । धेरै सोचेर मात्र धन खर्च गर्नुपर्छ । साथै आफ्नो लक्ष्य तय गर्नुपर्छ । आफुलाई कति पैसा चाहिन्छ र कहिलेसम्म निर्णय गर्नुपर्छ । पैसा कमाउनु मात्र महत्त्वपूर्ण होइन, त्यो पैसा कहाँ प्रयोग भइरहेको छ त्यो पनि महत्त्वपूर्ण छ । तब मात्र खुशी र सफलता मिल्छ। ध्यान राख्नुहोस् जब आफ्नो हातमा पैसा आउँछ त्यसको निश्चित भाग दान पनि गर्नुपर्छ ।
आफ्नो कर्म पूरा गरौं
काम भनेको लक्ष्य हो, आफ्नो जीवनमा लक्ष्य तय गर्नुहोस् । आफ्नो जीवनमा के गर्न चाहनुहुन्छ, के काम आफ्ना लागि सही छ रु नीर्णय गर्नुपर्छ । समयमै आफ्ना सबै जिम्मेवारीहरू लिइयो भने परिणाम पनि राम्रो हुनेछ । चाणक्यले भनेका छन् ( काम गर्ने व्यक्तिलाई भगवान स्वयंले सहायता गर्नुहुन्छ । त्यसैले आफ्नो कामबाट कहिल्यै पछि हट्नु हुँदैन।
मोक्ष प्राप्ति
आचार्य चाणक्य भन्छन् – हरेक मानिसमा मोक्षको चाहना हुन्छ । मानिसको अन्तिम गन्तव्य मोक्ष हो । प्रत्येक व्यक्तिले कर्मका आधारमा मोक्ष पाउँछ । जसले राम्रो कर्म गर्छ, उसले मात्र मोक्ष प्राप्त गर्छ ।
प्रतिक्रिया