शनिबार, जेठ ५, २०८१

‘हिरोशिमा र ६ अगस्ट’

सुनील उलक २०८० साउन २१ गते ६:४५

आज ७८ वर्ष भयो पर्ल हार्वर आक्रमणको । अपत्यारिलो तर सफल आक्रमण थियो जापानको नौसेनाको लागी भने अति नै दुखद् थियो अमेरिकी सेना तथा सरकारको लागि । सन् १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सेनाको मृत्यु भयो भने ११७८ घाइते भए । आठवटा ठूला पनडुब्बी ध्वस्त भए, १८८ वटा बमवर्षक विमान जले । यसरी अमेरिकी सेनाले जुन क्षति ब्यहोर्नु पर्यो त्यसले गर्दा दोश्रो विश्व युद्धले अर्को मोड लियो । अमेरिकी सेना जापान बिरूद्ध युद्धमा होमियो ।

जसको बदला स्वरुप अमेरिकी सेनाले १९४५ अगष्ट ६ र ९ मा हिरोशिमा र नागासाकीमा परमाणु बमको आक्रमण गरेर जापानसंग बदला लियो । यसले ति शहरमा बस्ने करिव साढे दुइ लाख मानिसले अनाहकमा ज्यान गुमाउनु परेको थियो । जापानले युद्धविराम गरेर दुख मनाए भने विश्वले सदैव अमेरिकाको यो कदमको विरोध गरिरहे ।

हिरोशिमामा अन्दाजी बिहानको ८:१५ हुदै थियो, अमेरिकी बमवर्षक वि-२९ विमान ईनोला गे, ले करिव ४ टनको ‘लिटल ब्वाई’ छद्म नाम दिइएको न्युक्लियर बम खसाल्यो । बम खसेको ठाउँबाट उठेको आगोको ज्वाला ४००० डिग्री सेल्सियसको थियो । यसले त्यस क्षेत्रको १ किमीसम्मको क्षेत्रमा रहेको प्रत्येक वस्तु र मानवहरुलाई जलायो । २ लाख ५० हजार जनसंख्या भएको हिरोशिमामा बम आक्रमणको लगत्तै ६० हजार सर्वसाधारण तथा २० हजार सैनिकले ज्यान गुमाए ।

बम आक्रमणको केही समय पछि नै आकाशबाट परमाणु विकिरण युक्त कालो पानी पर्न थाल्यो । जसले ३० किमी क्षेत्रलाई असर गर्यो । यसरी फैलिएको विकिरणले गर्दा पछि ९० हजार मानिसको मत्यु भयो भने अन्य हजारौ जीवन भर घाईते अवस्थामा बाँचे ।

यसको तीन दिन पछि अमेरिकाले फेरी अर्को आक्रमण गर्यो । अगष्ट ९ को बिहान ११ बजे अमेरिकी विमानले जापानको अर्को शहर नागासाकीमा ‘फ्याट म्यान’ छद्म नाम दिइएको वम आक्रमणले तत्कालै ४० हजार मानिसहरुको मृत्यु भयो । यस दुखद् घटना लगत्तै जापानले आत्म समर्पण त गरे तर अमेरिकालाई संसारले कहिल्यै माफ गरेन ।

प्रतिक्रिया