तारकेश्वरमा पहिराेले घर पुरिँदा दुईको मृत्यु

नेपालखोज २०८० साउन २१ गते ९:४७

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराेले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराेले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार गए राति घरमाथिबाट खसेको पहिराेले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया