प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता
नेपालखोज
२०८० साउन २२ गते १३:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया