गर्भवती महिलालाई पोशिलो खाद्यान्न

नेपालखोज २०८० साउन २२ गते २१:१७

लहान । सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोशिलो खानेकुरा वितरण गरेको छ । आज नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले आफू निर्वाचित भएदेखि हरेक महिनाको २२ गते गर्भवतीलाई खाद्यान्न वितरण कार्यक्रमको निरन्तरता दिँदै आएका छन् । जन्मिने बच्चा स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

‘गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोशिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ’, चौधरीले भने, ‘पोशिलो खाना र सरसफाइमा गर्भवती तथा घर परिवारका महिलाको ध्यान पुगोस् भनेर पोशिलो खाद्यान्न वितरण गरिएको हो ।’

सहज रुपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेकोे चौधरीले बताए । सधैँ आश्वासन मात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोशिलोे खानेकुरा लिएर आएकोमा स्थानीय गर्भवतीले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया