बाबुको जिम्मेवारी

नेपालखोज २०८० साउन २३ गते १०:५२

बुबा भन्नाले साधारण बुझाईमा वंश दिने बुबा भन्ने बुझिन्छ । तर बुबाको भूमिकाको आधारमा काख लिने बुबा, आमाको अर्को बिहे भएको भए सो बुबा, आमाबुबा तिरका हजुरबुबाहरू, काका, ठुलो बुबा, तथा मामाहरू र यी कोहिपनि नभएको अवस्थामा विश्वासिलो पुरुष व्यक्तित्वहरू शिक्षक, छिमेकीले पनि बालबालिकालाई बुबाले जस्तै मार्गनिर्देशन गर्ने, उत्पे्ररणा दिने कार्यमा सहयोग गर्न गराउन सकिन्छ ।

हाम्रो संस्कृतिमा पनि पुरुषको भूमिका सबै क्षेत्रमा महत्त्वपूर्ण भएजस्तै प्रारम्भिक बालविकासको क्षेत्रमा पनि बुबाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । बुबाको जिम्मेवारी संरक्षण प्रदान गर्ने, शैक्षणिक सहयोग गर्ने, जीवनको योजना तयार गर्ने, प्रोत्साहन गर्ने, उपयुक्त हेरचाह भए नभएको अनुगमन गर्ने, आर्थिक उपार्जन गर्ने जस्ता महत्त्वपूर्ण पक्षमा भएको हुन्छ ।

बालबालिकाले आफ्नो कोमल मन मस्तिष्कमा बुबाको लागि ठुलो स्थान बनाएका हुन्छन् । उनीहरूमा ‘बुबा साथमा भएपछि, म सुरक्षित छु, म जे पनि गर्न सक्छु’, भन्ने आँट हुन्छ । त्यसैले बुबा संवेगात्मक सुरक्षाको बलियो आधार हो । प्रारम्भिक बालविकासमा पनि बुबाको प्रत्यक्ष सहकार्यको अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा बालबालिकाको हुर्काईमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुने विभिन्न अनुसन्धानले दर्शाएको छ, जसको केही बुँदाहरू यस प्रकार छन् ः

स्वास्थ्यमा प्रभावः गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा, परिवार, आमा र गर्भको शिशुलाई पनि शारीरिक तथा मानसिक सुरक्षा महसुस हुन्छ । जसले गर्दा, जन्मपछि पनि आमाको दुध प्रशस्त बन्ने प्रोल्याक्टोन हर्मोन निष्कासन हुन्छ ।

शिशुले प्रशस्त स्तनपान गर्न पाउँछ । आमा र शिशु शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन् । बालबालिकासँग रमाइला क्रियाकलाप गर्दा, दौडँदा, उफ्रेर खेल्दा, घुमफिर गर्दा, बालबालिका तथा बुबाको पनि मोटोपना कम हुने, तथा शारीरिक, मानसिक स्वस्थता कायम रहन्छ । 

सामाजिक तथा संवेगात्मक उपलब्धिः दैनिक कार्यहरू जस्तैः खुवाउने, सरसफाइ गर्ने , सँगै खेल्ने , नुहाउने , घुम्न जाने आदि कार्यमा बुबाको सहभागिता भएमा बालबालिकाले गौरव गर्ने , संवेगको नियन्त्रण गर्ने , आत्मविश्वास बढ्ने , काम गर्ने जोश, जाँगर र आँट बढ्ने हुन्छ । बुबासँग स्वतन्त्र अन्तरक्रियाले सञ्चारको विकास हुने र भविष्यमा साथीहरूसँग पनि मिलेर बस्ने तथा सकारात्मक सम्बन्ध बनाउँछन् ।

पारिवारिक सम्बन्धः बुबाको सहभागिताले घरमा झैझगडा, दुर्व्यवहार नहुनाले बालबालिका पनि बाल अपराध तथा लागुपदार्थ दुर्व्यसनमा फस्दैनन् । यसरी उनीहरूले बुबालाई नमुना व्यक्तित्व माने र आफूले पनि भविष्यमा आफ्नो घर परिवारमा झैझगडा नगर्ने , सहयोगी र ममतामयी पारिवारिक सम्बन्ध बनाउन सक्षम हुन्छन् ।

बौद्धिक विकासमा उपलब्धिः बालबालिकालाई बुबाले मायालु वातावरणमा खेलाउँदा, सिकाइमा उत्प्रेरित गर्दा, विद्यालयको गृहकार्यमा सहयोग गर्दा उनीहरूको बौद्धिक स्तर उच्च हुने र जसले गर्दा शिक्षण सिकाइमा पनि उच्च उपलब्धि ल्याउछन् । विद्यालय शिक्षामा निर न्तर ता, दिनभरि सक्रिय भएर सिक्ने , कक्षा नदोहोर्‍याउने, साथै विद्यालयको शिक्षा पूरा गर्ने  गर्दछन् । छिट्टै परिवर्तनलाई स्वीकार गर्ने , वैज्ञानिक आविष्कारलाई प्रयोग गर्ने  र सूचना सङ्कलन गर्ने समेत हुन्छन् ।

खतरापूर्ण व्यवहारमा कमीः बुबाको प्रत्यक्ष सहभागिताले हुर्काएका बालबालिकामा दुव्र्र , दुव्र्यसनी, कुलत तथा बाल
अपराधमा फस् ने सम्भावना न्यून हुन्छ ।

लैङ्गिक समानताः बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो यो गदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ । यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित लैङ्गिक समानता, महिलाको भावनाको कदर , घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने  काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।

 युनिसेफ नेपाल

प्रतिक्रिया