मकवानपुरमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता

नेपालखोज २०८० साउन २३ गते ९:३७

काठमाडाैं । मकवानपुरमा पहिरोमा परि पाँचजना बेपत्ता भएका छन् । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदा पाँचजना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया