बढ्दो गर्मीले जंगलनै ज्वालामुखीमा परिणत !

नेपालखोज २०८० साउन २४ गते ५:३५

काठमाडाैं । बढ्दो तापक्रमका कारण जंगलमा आगलागीको प्रकोप पनि बढ्दै गएको छ । जङ्गलमा लागेको डढेलोले अल्जेरिया, ग्रीस, इटाली र स्पेनलगायत भूमध्यसागरका केही भागलाई ध्वस्त पारेको छ भने दर्जनौंको ज्यान गएको छ । यसले हजारौंलाई आफ्नो घर छोड्न बाध्य समेत बनाएको छ । जुलाई १७ यता मात्र सयौं मानिसलाई तीन वटा ग्रीक टापु/रोड्स, इभिया र कोर्फु बाट जंगली आगलागीका कारण बाहिर निकालिएको छ ।

जुलाई १ र २५ को बीचमा त्यहाँ कुल एक मेगाटन कार्बन उत्सर्जन भएको अनुमान गरिएको छ जुन जुलाई २००७ को रेकर्ड भन्दा लगभग दोब्बर हो । त्यस्तै अल्जेरियामा पनि आगलागीमा परी धेरै मानिस घाइते भएका छन् । कोपर्निकस एटमोस्फेरिक मोनिटरिङ सर्भिसका अनुसार यी वन डढेलोबाट उत्सर्जन रेकर्ड स्तरमा पुगेको छ। कोपर्निकस वायुमण्डल निगरानी सेवाले पूर्वी भूमध्यसागरमा, विशेष गरी ग्रीसमा, जुलाईको दोस्रो आधामा जङ्गली आगोको तीव्रता र उत्सर्जनमा उल्लेखनीय वृद्धि रेकर्ड गरेको छ ।

जीएफएएस को तथ्यांक अनुसार ग्रीसले गएका २१ वर्षको तुलनामा यस अवधिमा जंगलको आगोबाट सबैभन्दा बढी उत्सर्जन गरेको छ । यसैगरी क्यानाडाको जंगलमा लागेको आगो कुनै दुःस्वप्न भन्दा कम छैन जसले जंगलको डढेलोको अहिलेसम्मकै सबैभन्दा खराब समय देखेको ( भोगेको छ । यहि कारणले उत्तर अमेरिकाका लाखौं मानिस प्रदूषित हावामा सास फेर्न बाध्य भएका छन् ।

क्यानाडामा बढ्दो तातो र सुख्खा अवस्थाले वसन्तदेखि नै जङ्गलमा आगलागीका घटनाहरूलाई बढावा दिएको छ जसका कारण १।२ लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य छन् । उता उत्तर अमेरिकाभरि लाखौं मानिस दूषित हावामा सास फेर्न बाध्य छन्। क्यानाडामा यो कीर्तिमानी आगलागीले ठूला/ठुला क्षेत्रलाई निशाना बनाएको छ । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार २०२३ मा ११ लाख हेक्टरभन्दा बढी जमिन जलेको छ, जबकि १० वर्षको औसत अनुसार करिब ८ लाख हेक्टर जमिन जलेको छ। यिनै कारणले मे–जुनमा सृजना भएको प्रदूषणले क्यानाडा मात्र नभई वरपरका क्षेत्रलाई पनि आफ्नो चपेटामा पारेको छ ।

परिणामस्वरूप उक्त क्षेत्रमा वायुको गुणस्तर नराम्रोसँग प्रभावित भएको छ । तथ्यांक हेर्ने हो भने जुनमा जंगलमा लागेको आगलागीबाट हुने प्रदूषण सन् २००३ देखि २०२२ सम्मको औसत प्रदुषणभन्दा १०० मेगाटन रेकर्ड गरिएको थियो । आगलागीका यी घटनाहरू जुलाई २०२३ को अन्त्यमा पनि जारी रहने छन् । अहिले क्यानाडाको आर्कटिक सर्कलमा धेरै ठाउँमा आगो बलिरहेको छ । यसले भूमध्यसागरमा समुद्री सतहको तापक्रम पनि असामान्य रूपमा उच्च हुनेछ भने कतिपय क्षेत्रमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ ।

जबकि पश्चिमी भागहरुमा औसत भन्दा चार डिग्री सेल्सियस बढी रेकर्ड गरिएको छ। यसका कारण समुद्रमा तातो छाल आउन सक्छ जसले विभिन्न प्रजातिहरूलाइ विलुप्तिमा लान सक्छ । यति मात्र होइन यो माछापालन र जलीय कृषि लाई असर गर्ने प्रमुख कारण पनि बन्न सक्छ ।

यस अवधिमा भारी वर्षा र बाढीले पनि यस क्षेत्रमा व्यापक प्रभाव पारेको छ । यसको प्रभाव विश्वभर पनि देखिएको छ । जुलाई १४ मा दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु भएको थियो ।

त्यस्तै उत्तरपश्चिम चीनमा पनि बाढीमा परी १५ जनाको मृत्यु भएको छ । जुलाई १० मा जापानको क्युसु क्षेत्रको मिनुसानमा ३७६ मिलिमिटर र हिकोसानमा ३६१ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो जुन नयाँ रेकर्ड हो । त्यसैगरी, उत्तरपूर्वी अमेरिका र न्यू इङ्गल्याण्डका केही भागले जुलाईको सुरुमा ठूलो बाढी र वर्षाको अनुभव गरे । जुलाई ११ मा बाढीकै कारण न्यूयोर्कमा आपतकालिन अवस्था घोषणा गरिएको थियो भने करिब ४० लाख मानिस यसको दायरामा थिए ।

प्रतिक्रिया