मिस युनिभर्सका आयोजकमाथि यौन दुर्व्यवहारको आरोप
नेपालखोज
२०८० साउन २४ गते १४:५७

जकार्ता । मिस युनिभर्स इन्डोनेसियाका कयौँ प्रतियोगीहरूले आयोजकमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
उनीहरूका वकिलका अनुसार प्रतियोगीहरूलाई अगस्त ३ को फाइनलको दुई दिनअघि ‘शरीर जाँच’ र तस्बिरका लागि भन्दै सर्ट खोल्न लगाइएको थियो । इन्डोनेसियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्न दिइन्छ तर त्यहाँको रुढीवादी समाजलाई आपत्ति नहुने विषयमा आयोजकहरू सचेत रहन्छन् ।
सन् २०१३ मा मुस्लिम बाहुल्य रहेको इन्डोनेसियामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताबाट ‘बिकिनी राउन्ड’ नै हटाइएको थियो । प्रहरीले यस विषयमा उजुरी परेको बताउँदै घटनाबारे थप अनुसन्धान गरिने बताएको छ ।
सम्बन्धित








प्रतिक्रिया