मंगलबार, वैशाख १८, २०८१

अन्तिम समयमा नेप्सेमा यु टर्न

नेपालखोज २०८० साउन २४ गते १५:३७

काठमाडौं । नेप्सेमा युर्टन देखिएको छ । सुरुवाती समयमा घटेको नेप्से अन्तिम सयममा आएर ४१ दशमलव शुन्य छ अंंकले बढेर दुई हजार ६० दशमलव ९१ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४८ अंकले बढेर तीन सय ९३ दशमलव शुन्य पाँच अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ७७ हजार पाँच सय एक पटकको कारोबारमा ५० लाख १० हजार सात सय १६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ रुपैंयाँ ६२ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य छ अंकले घटेर बाँकी समुहहरुको सुचक बढेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १९ अंकले बढेर १२ सय ७२ दशमलव शुन्य पाँच अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ९४ दशमलव ८५ अंकले बढेर तीन हजार आठ सय ७२ दशमलव ८३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ५८ दशमलव ६४ अंकले बढेर १७ सय ८९ दशमलव ७५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६२ दशमलव ४१ अंकले बढेर २२ सय २८ दशमलव ८० अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ४६ दशमलव ७४ अंकले बढेर ११ हजार तीन सय ४८ दशमलव ३० अ्रकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १० दशमलव ५२ अंकले बढेर १० हजार सात सय ९४ दशमलव ६५ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ८८ दशमलव ५०, एक दशमलव २२, ८५ दशमलव ८७, ५२ दशमलव २३, ४४ दशमलव २७ र एक सय दशमलव ७६ अंकले बढेका छन् ।

नेप्सेमा आज हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर छ सय ६० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सेञ्चुरी डिबेञ्चर २०८८ को प्रतियुनिट सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर नौं सय २० रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय सय ९७ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा १५ करोड ५० लाख २६ हजार दुई सय दुई रुपैंयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया