शनिबार, जेठ ५, २०८१

सोशल मिडियालाई ह्याक हुनबाट कसरी जोगाउने ?

नेपालखोज २०८० साउन २४ गते १७:२५

काठमाडौं । यदि तपाईं सोशल मिडियामा सक्रिय हुनुहुन्छ भने केहि महत्त्वपूर्ण कुराहरू जान्नु अति आवश्यक छ ।

सामाजिक सञ्जाल सुरक्षा जो कसैको व्यक्तिगत जानकारीको सुरक्षाका लागि मात्र महत्त्वपूर्ण छैन, यसले हर कसैको व्यक्तिगत र व्यावसायिक जीवनलाई पनि असर गर्न सक्छ ।

हामी यहाँ केहि सामाजिक मिडिया सुरक्षा सुझाव बताइरहेका छौं जसले तपाइँको अनलाइन सुरक्षा बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्छन ।

बलियो पासवर्डको प्रयोग

विभिन्न सामाजिक मिडिया खाताहरूका लागि बलियो पासवर्ड प्रयोग गर्नुपर्छ र आफ्नो पासवर्ड नियमित रूपमा परिवर्तन गरिरहनु उपयुुक्त हुन्छ । पासवर्डमा अक्षर , अंक र विशेष क्यारेक्टर तिनै कुरा समावेश गर्नुपर्छ ।

दुई चरणको प्रमाणिकरण

दुई चरण प्रमाणीकरण प्रयोग गरेर आफ्नो खाता थप सुरक्षित राख्न सकिन्छ । यसका लागि आफ्नो मोबाइलमा आउने पासवर्डका साथमा अर्को प्रमाणीकरण कोड प्रविष्ट गर्नु पर्छ ।

खाताको प्राइवेसी सेटिङ

सामाजिक मिडिया प्लेटफर्ममा आफ्नो खाताको गोपनीयता सेटिङहरू जाँच गरि के सुनिश्चित गर्नुपर्छ भने सामाजिक सञ्जालमा आफुसँग जोडिएका व्यक्तिहरूले मात्र आफ्ना पोस्टहरू हेर्न सक्छन् ।

अपरिचित म्यासेजहरूबाट सावधान

यदि कुनै अज्ञात व्यक्तिबाट आफ्नो जानकारी सोध्ने सन्देश वा आफ्नो खाता रिकवरी गर्न आग्रह गरिएको म्यासेज प्राप्त भयो भने त्यसमा ध्यान नदिनुहोस वा बेवास्ता गर्नुहोस् ।

अज्ञात लिङ्कहरूमा क्लिक नगर्ने

कुनै पनि अज्ञात लिङ्कमा क्लिक गर्नुहुँदैन । यसले हामिलाई फिसिङ वा मालवेयरमा फसाउन सक्छ। आफ्नो व्यक्तिगत जानकारी सेयर गर्नुहुँदैन । सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जानकारीहरु राख्ने कामबाट जोगिनै पर्छ । यसले हामिलाई धेरै समस्याबाट बचाउन सक्छ ।

बालबालिकाको सुरक्षाको ख्याल

यदि घरमा साना बालबच्चाहरू छन् भने तिनलाई सोशल मिडियाको पहुँचबाट टाढै राख्नुपर्छ । किनभने यो उनीहरूका लागि खतरनाक साबित हुन सक्छ।

प्रतिक्रिया