सोमबार, वैशाख १७, २०८१

पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा, आजबाट पार्सल सुविधा सुरू

नेपालखोज २०८० साउन २४ गते २१:०३

काठमाडौं । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ’पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यका भित्र कतै सामानहरु पु¥याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

‘बिर्सिनु त स्वाभाविक हो! पठाओ पार्सल छँदै छ नि !’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ । पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाले जानकारी दिए ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए । यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिँदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज (अगस्ट ९) देखि पूर्ण रुपमा सुरु भएको हो ।

प्रतिक्रिया