बालबालिकाको अवस्था अनुरुप बुबाको जिम्मेवारी  

नेपालखोज २०८० साउन २५ गते ९:०८

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ ।

यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित  लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।
 

गर्भावस्थामा  बुबाको जिम्मेवारी  

  • बालबालिका जन्माउने तयारीदेखि नै बुबाले सकारात्मक सोच बनाउने, आर्थिक व्यवस्था गर्ने तथा पोषणयुक्त खाना खानुपर्छ ।
  • गर्भ रहेको शङ्का हुनासाथ गर्भ परीक्षण गरार्ई निक्र्यौल गर्ने तथा घर परिवारमा सकारात्मक वातावरण तयार गर्नुपर्छ ।
  • गर्भावस्थामा परीक्षण गर्ने, स्वास्थ्य केन्द्र अस्पताल निक्र्यौल गरी निरन्तर गर्भ परीक्षणमा जाने, स्वास्थ्यकर्मीको सल्लाह सुझाव अनुरुप वातावरण तयार गर्नुपर्छ ।
  • गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
  • घरायसी दैनिक काममा सघाउने, ठुला गर्हाैं सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरू लगाउनु हुँदैन ।
  • धूम्रपान, मद्यपान गर्नुहँुदैन । यसैगरी खेतबारीमा हाल्ने मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नुहुँदैन ।
  • गर्भावस्थामा शरीरमा आउने परिवर्तनका बारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
  • गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमा र शिशुसँग कुराकानी गर्र्ने गीत सङ्गीत सुनाउने र स्पर्श गर्ने गर्नुपर्दछ ।
  • आआफ्नो संस्कृति अनुरुप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया