सांसद सुनील शर्मा पक्राउबारे सीआईबीले संसद् सचिवालयलाई गरायाे जानकारी
नेपालखोज
२०८० साउन २५ गते १८:३६

काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माबारे संसद् सचिवालयलाई जानकारी गराइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको हाे ।
सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ । शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।
सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।
२०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । पछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।
सम्बन्धित
प्रतिक्रिया