नक्कली शैक्षिक प्रमाणपत्रमा त्रिवि शिक्षण अस्पतालका दुई डाक्टर पक्राउ

नेपालखोज २०८० साउन २५ गते २०:०७

काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा शिक्षण अस्पतालका डा. अमृत चौधरी र डा. रञ्जितकुमार यावद पक्राउ परेका छन् । 

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत आजै उनीहरु पनि पक्राउ परेका हुन् । यसअघि आजै कांग्रेसका सांसद डा. सुनील शर्मा पनि परेका थिए ।

प्रतिक्रिया