सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक

नेपालखोज २०८० साउन २५ गते २०:३८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । कम्पनीले बक्यौता रकम नतिरेको भन्दै उडानमा रोक लगाइएकाे जनाइएकाे छ ।

आर्थिक वर्ष २०७९/८० मा तिर्नुपर्ने बक्यौता रकम ५५ लाख रुपैयाँ थियो । तर, कम्पनीले आठ लाख मात्र तिरेको प्राधिकरणले जनाएकाे छ ।

यसरी सरकारलाई नै बक्यौता रकम नतिर्दा भोलि पाइलटको सेवा सुविधामा तलमाथि हुने भन्दै बक्यौता रकम नतिरुन्जेलसम्म सबै हेलिकेप्टर उडानमा रोक लगाइएको स्रोतले बतायाे ।

प्रतिक्रिया