अदभुत मानिसमा हुने १० गुण

भीडको हिस्सा बन्न नसक्ने मानिसहरु धेरै छन् । उनीहरु सामान्य मानिसहरु बिच आफूलाई ‘मिसफिट’ मान्छन्, अरुको नजरमा उनीहरु ‘अनौठा’ प्राणी हुन् जसको रुचि र बानी कसै सँग पनि मिल्दैन् । यस्तो अवस्थामा धेरैजसो मानिस उनीहरुबाट अलग हुन्छन् वा उनीहरु यो स्वभावलाई आफ्नो कमजोरी मान्न थाल्छन् । यद्यपि वास्तविकताको धरातलमा केही यस्ता तथ्य छन् जसले उनीहरूलाई ‘अदभुत मानव’ को श्रेणीमा ल्याउँछ ।
१. भविष्यका चिन्तकहरु सामान्य दिनमा आफुबाट टाढा भएपनि उनीहरुसँग कुरा गर्दा फरक उर्जा महसुस हुन्छ । यो उनीहरूको सकारात्मक सोचको परिणाम हो जसले हामिलाई सकारात्मक पक्षहरूमा पनि सोच्न प्रेरित गर्दछ।
तिनमा एउटा विशेष गुण हुन्छ ।
उनीहरूले हामिसँग विगतका बारेमा कहिल्यै कुरा गर्दैनन्, न त उनीहरूको सोच र काम विगतमा आधारित हुन्छ। त्यो विगत धेरै राम्रो भए पनि त्यसबाट धेरै उत्साहित वा हतोत्साहित हुनुको सट्टा उनीहरू भोलिका बारेमा मात्र सोच्छन् र भोलिकै योजनाहरू दिमागमा राख्छन् । यही कारणले गर्दा कहिलेकाहीँ उनीहरू भावनाविहीन व्यक्ति जस्ता लाग्नसक्छन। वास्तवमा यो उनीहरूको भावनाविहीनता होइन, बरु उनीहरू हरेक परिस्थितिलाई समान रूपमा लिन्छन ताकि भोलि उनीहरू अति(उत्तेजित वा निराशावादी भावनाले प्रभावित नहुन ।
२ . कतिपय मानिस यस्ता छन् जो स्मार्ट काममा विश्वास गर्छन् अर्थात काम सकेसम्म चाँडो सम्पन्न गरेर त्यसको नतिजा तुरुन्तै प्राप्त गर्छन् । तर कोही यस्ता पनि हुन्छन् जसले हरेक साना–ठूला कामलाई समान मेहनतका साथ सम्पन्न गर्छन् । भविष्यका बारेमा सोच्ने भएकाले उनिहरु हरेक कामलाई उत्तिकै गम्भीरताका साथ लिन्छन् र त्यो समयका लागि काम सानो देखिए पनि त्यसको दूरगामी परिणामका बारेमा सोचेर पनि त्यही मेहनत त्यसमा लगाउँछन् ।
३ . उनीहरु आफ्नो हरेक काम इमानदारीपूर्वक गर्छन् र त्यसमा भावनात्मक रुपमा संलग्न हुन्छन् । यही कारणले गर्दा हामी कुनै पनि काम गर्न वा नगर्न आफ्नो हृदयको आवाजमा धेरै भरोसा गर्छौं। यदि उनीहरूलाई यो गर्न सही छ जस्तो लाग्छ भने निश्चित रूपमा गर्नेछन्। त्यसैले धेरै पटक यस्तो हुन सक्छ – उनीहरू अरूको विरुद्धमा जान्छन् र कुनै पनि काम गर्न अस्वीकार गर्छन् र त्यसको एक मात्र कारण बताउँछन् – आफूलाई ठीक लाग्दैन।
४ . यस्ता मानिस कुराकानीमा अर्कै ग्रहका प्राणी जस्ता लाग्न सक्छन् जसले सधैं पृथ्वी भन्दा फरक संसारका बारेमा कुरा गर्नेछन , जुन कसैलाई थाहा छैन । प्रायः तिनीहरू एक्लै बसेर सोचिरहेका वा आफैमा हराईरहेका देखिन्छन । उनीहरू मृत्यु र मुक्ति पछिको संसार जस्ता विषयमा घण्टौंसम्म बहस गर्न सक्छन्।
५. आफ्नो व्यवहारमा तिनीहरू सबैसँग मिलनसार हुन्छन् र तिनीहरू सबैसँग मिल्छन् पनि तर तिनका साथीहरूको सूची धेरै सीमित हुन्छ । धेरै कम मानिसले यस्तालाई साथी बनाउँछन् । यसको एउटा कारण के पनि हो भने उनीहरु मानिसहरुका लागि अनौठो र रहस्यमय भए जस्तै अरु मानिस उनीहरुलाई त्यस्तै लाग्छन् र सबैसँग मिल्न गाह्रो हुन्छ । उनीहरूलाई लाग्छ मानिसहरूले उनीहरूलाई बुझ्दैनन् । त्यसैले पनि थोरै मानिस मात्र उनीहरूसँग नजिक हुन सक्छन्।
६ . उनीहरू सबैको रहस्य जान्न उत्सुक हुन्छन् । विशेष गरी उनीहरू इशारा , कार्य र काम गर्ने तरिकाबाट कसैका बारेमा अनुमान गर्न रुचाउँछन्।
७ . यीनलाइ बोल्नभन्दा लेख्न मन लाग्छ । यस्ता मानिसको मनमा एकै समयमा धेरै कुरा आउँछन्, यही कारणले उनीहरुलाई धेरै लेख्न मन लाग्छ । यिनीहरु हरेक काममा सिर्जनशील भएपनि शब्दलाई सृजनात्मक रुपमा प्रस्तुत गर्नु उनीहरुको बिशेषता हुन्छ । उनीहरु बोलेर भन्दा लेखेर आफ्नो भावना व्यक्त गर्न रुचाउँछन् ।
८ . तपाईले एक्लै समय बिताउनुलाई सजाय मान्न सक्नुहुन्छ, तपाई एक्लै लंच वा डिनरका लागि बाहिर जान सक्नुहुन्न, तर यी व्यक्तिहरू एक्लै समय बिताउँछन्। उनीहरु एक्लै हिड्न पनि जान्छन् र बाहिर डिनर खाएको पनि देख्न सकिन्छ । तिनीहरूका लागि त्यो समय उत्कृष्ट समय हो जब उनीहरू आफैंसँग समय बिताउँछन् र आफूलाई राम्रो तरिकाले बुझ्छन्।
९ . यस्ता मानिस उदार हृदय र दयालु हुन्छन् । अरुको दुस्खमा उस्तै दुखी हुन्छन् र अरुको सुखमा पनि उस्तै खुशी हुन्छन्। यही कारणले गर्दा उनीहरू कहिल्यै कसैको भावनामा चोट पुर्याउन चाहँदैनन् र कहिलेकाहीँ आफ्नै आवश्यकतालाई बेवास्ता गरेर अरूको आवश्यकता पूरा गर्छन्।
१० . हामी उनीहरुलाई सधैं विजयको खोजीमा देख्छौ। उनिहरुमा कुनै काम गर्न सकिन्छ भने मात्र हातमा लिने र काम हातमा लिए पछि जसरी भए पनि पूरा गर्ने प्रवृत्ति हुन्छ । यदि कुनै काममा सफलता मिल्ने सम्भावना छैन भने उनिहरु त्यसलाई छुन पनि मान्दैनन ।
प्रतिक्रिया