महिला विश्वकप फुटबलको विगत

एजेन्सी । सन् १९९१ देखि प्रारम्भ महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागी थियो । चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको सङ्ख्या २४ पुगेको थियो ।
अस्ट्रेलिया र न्युज ल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौँ संस्करणमा पुरस्कार राशि पनि वृद्धि गरिएको छ । झन्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ को नोभेम्बर १६ देखि ३० सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८ सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका, चौथो २००३ सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो । त्यस्तै, पाँचौँ संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३० सम्म चीन, छैटौँ २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौँ २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौँ २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो ।


प्रतिक्रिया