नेपालकै होची महिला मालतीलाई नागरिकता

नेपालखोज २०८० साउन २६ गते १४:१७

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । वि.सं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिएकी वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।

नगरपालिकाले मासिक चार हजार भत्ता दिँदै आएको र उनकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे ।

प्रतिक्रिया