शनिबार, वैशाख २२, २०८१

ब्रोकाउली एक फाइदा अनेक

नेपालखोज २०८० साउन २६ गते १५:१६

काठमाडाैं । ब्रोकाउलीको तरकारी धेरैले मन पराउने गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ ।

धेरै मात्रा पोषक तत्वहरु पाइने ब्रोकाउलीले सानो आन्द्राको अस्तरलाई जोगाउन, क्यान्सरबाट बच्न, मुटुसँग सम्बन्धित रोग न्युनिकरण गर्न मद्दत गर्दछ । त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ ।

ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ । ब्रोकाउली आइरन, प्रोटिन, क्याल्सियम, काब्र्रोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी को राम्रो स्रोत हो ।

प्रतिक्रिया