‘यी संकेतले देखाउँछन् हामी जीवनमा कतै अल्झिएकाछौं’

काठमाडाैं । जीवन सधैं एकनास हुँदैन । यो समयसँगै परिवर्तन भैरहन्छ। हाम्रो जीवनमा धेरै उतार चढावहरू आउँछन् र वास्तवमा परिवर्तनशील परिस्थितिहरूले मात्र हामीलाई भित्रैबाट बलियो बनाउँछन । हामिहरु मध्ये थोरैमात्र कुनै पनि परिस्थितिको हाँसि हाँसि सामना गर्ने खालका हुन्छन् भने कठिन परिस्थितिमा आशा छाडेर निराशाको खाडलमा जाने मानिसहरु धेरै हुन्छन् ।
यी मानिसहरु मानसिक वा शारीरिक रुपमा कमजोर छन् भन्ने होइन, इच्छाशक्ति कमजोर भएको मात्र हो । जब हामी जीवनमा फँसेको महसुस गर्छौं, हामी त्यसको कारण खोज्छौं । यस्तो परिस्थितिका धेरै कारण हुन सक्छन् । धेरै पटक सानो कुरालाई ठुलो अप्ठ्यारो सम्झेर हामी रिसाउँछौं । कहिलेकाहीँ हामी यो अवस्थामा किन फसेका छौं र यहाँबाट कसरी निस्कने भन्ने कुरा बुझ्न सक्दैनौं ।
यदि जीवनमा फसेको महसुस हुन्छ भने सबैभन्दा पहिले के छुट्याउनु पर्छ भने वास्तवमै समस्या छ कि हामि बिना कारण विचलित भैरहेका छौं रु यस्तो अवस्थामा केहि लक्षण देखिन्छन् ।
असफल महसूस गर्नु
के तपाइईंलाई प्रायस् आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवन ट्रयाकमा छैन जस्तो लाग्छरु यी दुवै जीवनमा प्रगति रोकिएको छ रु तपाईले धेरै प्राप्त गर्न सक्नुहुन्छ र त्यसका लागि कडा मेहनत पनि गर्नुहुन्छ तर त्यो भैरहेको छैन वा तपाईलाई लाग्छ कि तपाईसँग धेरै काम छ तर त्यसमा आवश्यक प्रगति भैरहेको छैन । यस्तो किन हुन्छ भने तपाईं लामो समय देखि एउटै काममा हुनुहुन्छ र केवल काम गर्दै हुनुहुन्छ । आफूलाई सुधार्न र परिवर्तन गर्न कुनै पहल गर्नुभएको छैन । केहि नयाँ सिक्ने र अगाडि बढ्ने प्रयास गर्नुको सट्टा तपाई नियमित काम गर्दै हुनुहुन्छ । जब हामी जीवनमा फँसेको महसुस गर्छौं तब हामी सबै कुरा बोरिंग र पुरानो पाउँछौं ।
कम्फर्ट जोन
यो एउटा यस्तो शब्द हो जसले हाम्रो पारिवारिक र व्यावसायिक जीवनको वृद्धिबिकासमा धेरै प्रभाव पार्छ।
भनिन्छ जबसम्म हामि आफ्नो कम्फर्ट जोनमा रहन्छौं तबसम्म प्रगति गर्न सक्दैनौं । यसको अर्थ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर नयाँ जागिर खोजिहाल्नु पर्छ भन्ने पनि होइन । यद्यपि धेरै आराम गर्ने बानीले हामिमा कतै खिया त लाग्न थालेको छैन भनेर बेलाबेलामा मूल्याङ्कन गर्नु उपयुुक्त हुन्छ । धेरै पटक हामीलाई लाग्छ कि हाम्रो विकास अवरुद्ध छ , तर हामीलाई त्यसको पछाडिको कारण थाहा हुँदैन ।
कम्फर्ट जोन कुनै नराम्रो कुरा होइन तर यदि यसमा पूर्णतया डुबियो भने यसले हाम्रो प्रगति रोक्नेछ ।
कुनै नयाँ कुरा नसिक्नु
नयाँ कुरा सिक्नु जीवनभरको प्रक्रिया हो र जब यो प्रक्रिया रोकिन्छ तब हाम्रो विकास पनि रोकिन्छ। समय सँगै नयाँ कुराहरू सिक्न नसकेसम्म हामि प्रगति गर्न सक्दैनौ । अहिलेको युग तीव्र गतिमा चलिरहेको छ, यसमा नयाँ कुरा सिक्न सकिएन भने समय हामीलाई छाडेर अगाडि बढ्छ र हामी त्यहीँका त्यहिँ रहन्छौ । जीवनमा एकै ठाउँमा अड्किने वा रोकिने समस्याबाट जोगिन चाहने हो भने केहि नयाँ सिक्नेतर्फ लाग्नुपर्छ ।
परिवर्तनको डर
परिवर्तन प्रकृतिको नियम हो र यो नियम तोडेर कोही पनि अगाडि बढ्न सकेको छैन । हामीमध्ये धेरै यस्ता व्यक्ति छन् जोसँग विगतमा केही नराम्रो भयो त्यसैले उनिहरु अहिलेको अवस्थालाई नै उत्तम मान्छन् र परिवर्तनसँग डराउँछन्। उनीहरू आफू जस्तो अवस्थामा छन् त्यही अवस्थामा रहनुपर्छ भन्ने महसुस गर्छन् किनभने परिवर्तनले आफ्नो वर्तमानलाई बिगार्छ कि भनेर उनीहरू डराउँछन् ।
यो सोच ठिक होइन किनभने जबसम्म हामि परिवर्तनलाई स्वीकार गर्दैनौ तबसम्म केहि राम्रो गर्न सक्दैनौं । हामिले पछाडि छोडेको विगत पनि परिवर्तनको परिणाम हो। परिवर्तन राम्रो वा नराम्रो हुँदैन, यो जारी रहने प्रक्रिया हो।
कष्टप्रद चीजहरूबाट भाग्दै हामि मध्ये कति जना हप्तामा ५ दिन काम गर्छौ र २ दिन बिदा लिन्छौं ? आजको जमानामा लगभग हरेक क्षेत्रमा यसरी नै काम भइरहेको छ तर…
के हामी यसका लागि तयार हुन्छौं ?
हामीलाई अप्ठ्यारो लागेका कारण नयाँ अवसर छोड्नु वा नयाँ काममा हात नहाल्नु ठीक होइन । कहिलेकाहीँ असहज परिस्थितिले हामीलाई धेरै नयाँ कुरा सिकाउँछ। यस्तो परिस्थितिको खुलेर सामना गर्नुपर्छ अनि मात्र हामिले आफुलाई पहिलेको भन्दा बलियो भएको पाउनेछौं ।

प्रतिक्रिया