अन्तर्राष्ट्रिय युवा दिवस आज

काठमाडाैं । राष्ट्रिय युवा परिषद्ले ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ यो वर्षको २४औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार यसका लागि साताव्यापी कार्यक्रम तय गरिएका छन जसमा युवा नेतृत्व विकास तथा युवा तथा उद्यमशीलतासम्बन्धी अन्तक्र्रिया, गोष्ठी, रक्तदान, वृक्षरोपण आदि छन् । नेपालमा बर्सेनि साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ ९साउन २७ गते० लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया