युरोपमा भेटियो सबैभन्दा पुरानो मानव गाउँ

पुरातत्वविद्हरूले युरोपको सबैभन्दा पुरानो गाउँ फेला पारेका छन्। ओह्रिड तालको छेउमा फेला परेको यो गाउँ ८ हजार वर्षअघिदेखि नै अस्तित्वमा थियो । यससँग सम्बन्धित धेरै रहस्य खुल्न बाँकी छ तर अन्वेषकहरूले यो गाउँलाई अमूल्य खजाना भनेका छन् ।
अल्बानियाको ओह्रिड ताल नजिक उत्खननका क्रममा एउटा गाउँ फेला परेको हो जुन युरोपमा भेटिएको सबैभन्दा पुरानो गाउँ मानिन्छ। गाउँ वरिपरि पोइन्ट संरचना भएको बार थियो। वैज्ञानिकहरू अहिले यो गाउँसँग सम्बन्धित धेरै रहस्यहरू पत्ता लगाउन व्यस्त छन् । वैज्ञानिकहरू भन्छन् – लगभग ८ हजार वर्ष पहिले अल्बानियाको ओह्रिड तालको किनारमा मचानमा बनाइएका घरहरूको श्रृंखला थियो। त्यो युरोपमा अहिलेसम्म फेला परेको लेकसाइड बस्ती भएको सबैभन्दा पुरानो गाउँ हो ।
यो ठाउँको रेडियोकार्बन डेटिङका अनुसार ६००० देखि ५८०० ईसापूर्व यो पानी गाउँमा दुई सयदेखि पाँच सय मानिस बस्थे । तालको पानीभन्दा माथिको ढिस्कोमा वा तालमा बाढी आएपछि डुबेका ठाउँहरूमा यी मानिसहरूका घर बनाइएको थियो।
बिस्तारै यो गाउँका बासिन्दाका बारेमा थप रहस्य खुल्दै गएको छ । पुरातत्वविद्हरूले गाउँ वरिपरि किल्ला जस्तो संरचना रहेको पनि पत्ता लगाएका छन । यसका लागि हजारौं भालाको बार लगाइएको थियो । सुरक्षाका कारणले यस्तो गरिएको अनुमान गरिएको छ ।
त्यहाँका बासिन्दाले किन यस्तो गरे यसको यकिन जवाफ पुरातत्वविद्हरूसँग छैन। यसका लागि कम्तिमा १ लाख वटा भाला पोखरीको फेदमा गाडिएको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । हाफनरले यसलाई अनुसन्धानका लागि अमूल्य खजाना भनेका छन् । स्विस युनिभर्सिटी अफ बर्नका पुरातत्व विभागका प्रोफेसर अल्बर्ट हाफनर भन्छन् – भूमध्यसागर र आल्प्समा रहेको लेकसाइड बस्तीहरू उनीहरूभन्दा सयौं वर्ष पछाडिका हुन्। हाम्रो ज्ञानमा यो युरोपको सबैभन्दा पुरानो मानव बस्ति हो ।
यस क्षेत्रमा पाइने सबैभन्दा पुरानो बस्तीहरू मध्ये इटालीको आल्पस क्षेत्रको एउटा नवपाषाण गाउँ पनि हो जुन ५००० वर्ष ईसापूर्वको हो । यो खोज गर्ने समुहमा हाफनरका साथ स्विजरल्याण्ड र अल्बानियाका पुरातत्वविद्हरू थिए। उनिहरुले यो गाउँको उत्खननमा चार वर्ष लगाए । यसका लागि उनिहरुले ओह्रिड ताल नजिकै लिन नामक ठाउँमा उत्खनन गरिरहेका थिए । यो ठाउँ उत्तरी म्यासेडोनिया र अल्बानियाको सिमानामा पर्छ। ओह्रिड ताल संसारको सबैभन्दा पुरानो तालहरू मध्ये एक हो र यो पृथ्वीमा करिब १० लाख वर्षदेखि कायम छ।
एएफपी

प्रतिक्रिया