आइतबार, वैशाख १६, २०८१

फिटनेस : जीवनमा ठूलो परिवर्तन ल्याउने मर्निङ वाक

नेपालखोज २०८० साउन २८ गते ५:५३

काठमाडाैं । हामी पक्का छौं कि जब तपाईं बिहान उठ्नुहुन्छ, हिड्ने वा व्यायाम गर्ने विचार तपाईंको दिमागमा आउँदैन । यो सम्भव छ तपाईं हामीमध्ये धेरैजसोमा बिहान सबेरै उठ्ने र पार्कमा हिंड्ने वा जिम जाने बानी छैन । यस्तो हुनेहरु सायद अपवाद हुन् ।

यदि तपाईं यो लेख पढ्दै हुनुहुन्छ र बिहानको व्यायाम गर्नेहरू मध्ये हुनुहुन्न भने आज हामी तपाईंलाई हिँडेर दिनको सुरुवात गर्दा हुने केही फाइदा बताउन गइरहेका छौं । आषा छ यति कुरा थाहा पाएपछि तपाईंले आफ्नो बानीमा अलिकति सुधार ल्याउनु हुनेछ ।

ऊर्जा स्तरमा वृद्धि

चाहे तपाईं बाहिर काम गर्दै हुनुहुन्छ वा घरको हेरचाह गर्दै हुनुहुन्छ । दुवै अवस्थामा तपाईंलाई ऊर्जा चाहिन्छ । यसका लागि बिहान हिड्नु भन्दा राम्रो केहि हुन सक्दैन। विहान उठ्ने र हिँड्ने वा दौडने मानिसहरु दिनभर उर्जाले भरिपूर्ण हुने विज्ञहरु बताउँछन् । यहि हिडाइका कारण हामीलाई अल्छिपनले पनि छुन सक्दैन र हामि आफ्नो दिनभरको काम आरामसँग पूरा गर्नसक्छौं ।

मानसिक स्वास्थ्यमा सुधार

हिजो आजका मानिसहरु शारीरिकभन्दा मानसिक समस्या वा मानसिक रोगहरुमा बढी फसेका छन्‘ दिनहुँ तनाव, सम्बन्धमा तनाव, घर र जागिरको समस्या‘ यी सबैले हामीलाई शारीरिकभन्दा मानसिक रुपमा बढी सताउँछ । बिहानको पैदल यात्राले हाम्र्प मुडलाई मात्र राम्रो बनाउँदैन हाम्रो दिमागलाई समेत ताजा राख्छ जसका कारण हामी अनावश्यक समस्याहरुबाट जोगिन सक्छौं ।

मांसपेशीमा मजबुती

एउटा स्वस्थ जीवनशैलीका लागि हामीले आफ्नो दैनिक दिनचर्यामा मर्निङ वाकलाइ समावेश गर्नुपर्छ । यसले हाम्रो खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ । यदि दौडन सकिदैन भने छिटो हिड्नु पनि लाभदायक हुन्छ । यसबाहेक हामि डोरीमा उफ्रने र स्क्वाट्स पनि गर्न सक्छौं ।

आरामदायक निद्रा

यदि तपाईं हप्ताको ५ दिन हिड्नुहुन्छ भने, यसले तपाइँलाई राम्रो निन्द्रा दिनेछ । विशेष गरी राति निद्रा नलाग्ने वा सुत्न धेरै संघर्ष गर्नुपर्ने व्यक्तिहरूले यो प्रयास गर्नुपर्छ ।

अन्तमा सबैले प्रयास गर्ने कुरा ।।। वजन कम गर्ने । यदि तपाई आफ्नो बढ्दो तौलका बारेमा चिन्तित हुनुहुन्छ वा तपाईलाई आफ्नो शरीर फूलेको महसुस हुन्छ भने तपाईले हिड्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।

प्रतिक्रिया