फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालखोज २०८० साउन २८ गते ६:५८

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । हिजाे भएका दुई क्वाटरफाइनलसँगै समेफाइनल समिकरण पूरा भएको हो ।

अब मंगलबार र बुधबार दुई दिन एक/एकवटा सेमिफाइनल खेल हुने छन् । मंगलबार हुने सेमिफाइनलमा स्पेन र स्वीडने आमने सामने हुने छन् । यसैगरी बुधबारको सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।

स्वीडेनले यस प्रतियोगिताको उपाधिको दावेदार मानिएको एसियाली मुलुक जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

स्वीडेनको यो नतिजासँगै यस प्रतियोगितामा पहिलो पटक नयाँ च्याम्पियन बन्न पक्का भएको छ । जापन एकमात्र पूर्व विजेता टिम क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया