विश्वको निर्माण व्यवसायको आधा हिस्सा चिनियाँ कम्पनी

काठमाडाैं । निर्माण क्षेत्रमा चीनले विश्वमा आफ्नो प्रभुत्व कायम गरेको छ । विश्वको आधा निर्माण व्यवसाय चिनियाँ कम्पनीको हातमा छ । शीर्ष १०० कम्पनीमा चिनियाँ कम्पनीहरू पहिलोदेखि छैटौं स्थानमा एकछत्र राज गरिरहेका छन् । व्यापारको हिसाबले विश्वका शीर्ष १०० कम्पनीमध्ये ११ वटा चीनका छन् । यी कम्पनीले विश्वको कुल व्यापारको आधा भाग ओगटेका छन् ।
अडिटिङ कम्पनी डेलोइटको प्रतिवेदन अनुसार निर्माण कम्पनीहरूको कुल कारोबार करिब १९ ट्रिलियन डलर छ, जसमध्ये चिनियाँ कम्पनीको १० ट्रिलियन डलरभन्दा बढीको कारोबार छ । चिनियाँ सरकारी कम्पनीहरूको शक्ति रिपोर्टका अनुसार विश्वको सबैभन्दा ठूलो निर्माण समूह चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन ९सीएससीईसी० हो। यसको व्यापार लगभग ३०५ बिलियन डलर छ । यो १०० कम्पनीको सूचीको शीर्षमा छ ।
यसबाहेक चाइना रेलवे ग्रुप, चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेड, चाइना कम्युनिकेसन कन्स्ट्रक्सन ग्रुप लिमिटेड, मेटलर्जिकल कर्पोरेशन अफ चाइना लिमिटेड र पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना निर्माण व्यवसायमा अग्रपंक्तिमा छन्। त्यसपछि फ्रान्सको भिन्स कम्पनी छ अनि त्यसपछि फेरि चीनियाँ कम्पनी छ ।
निर्माण क्षेत्रमा रहेका यी १०० ठूला कम्पनीको राजस्व गत वर्ष १ दशमलव ९ ट्रिलियन डलर थियो जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो । निर्माण क्षेत्रले ठूलै बाधा व्यहोरिरहेका बेला नाफामा यो वृद्धि भएको हो ।

प्रतिक्रिया