बिहीबार, वैशाख १३, २०८१

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना

नेपालखोज २०७७ मंसिर ९ गते २०:०९

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ। भीमसेनको मुर्ति (शिला) मा आज दिउँसो पसिना आएको दोलखा प्रशासनले जानकारी दिएको छ।

पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ। भीमसेनको मुर्तिमा पसिना आएको पूजारीले खबर गरेपछि पूजा गर्न सुरु गरिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए। यसका साथै बाजागाजासहित मन्दिरमा गुठियारहरुले पूजाआजा गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

साथै जिल्ला प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरु भीमसेन मन्दिर पुगी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने तयारी गरेको जनाएको छ। स्थानीय जीवनाथ शिवाकोटीले यसबारे फेसबुकमा लकडाउनले भीमसेनको मन्दिर बन्द गरिएकाले आफू दिउँसो १स् ४३ बजे पूजा गर्न जाँदा पसिना आएको देखेको पुजारीले जानकारी दिएको उल्लेख गरेका छन्।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका(२ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

प्रतिक्रिया