करेन्ट लागेर घाइते भएका परियारको मृत्यु 

नेपालखोज २०८० साउन २८ गते ११:५५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका– ५ श्रीपुरमा करेन्ट लागेर घाइते भएका एकजनाको आइतबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएका ५२ वर्षीय वीरबहादुर परियारको उपचारको क्रममा आज मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौँडाले जनाएको छ ।

आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएका परियारको  शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया