एसिया कपमा १७ नेपाली खेलाडी जाने

नेपालखोज २०८० साउन २८ गते १३:११

काठमाडौं । तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य नेपाली टोली जाने भएका छन् । एसिया कपको लागि नेपालले अन्तिम टोली घोषणा गर्न बाँकी छ ।

 नेपालले एसिया कप खेल्ने अन्तिम टोली टुङ्गो लगाई सकेको छ । तर सार्वजनिक रुपमा घोषणा भने गरेका छैन ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ ।

प्रतिक्रिया