ओली राजनेता हुन् : कांग्रेस सांसद शर्मा
नेपालखोज
२०८० साउन २८ गते १४:१९

काठमाडौं । कांग्रेसका सांसद सुनिल शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । आइतबार बिहान ओली निवास बालकोट पुगेर उनले यस्तो बताएका हुन् ।
अर्को पार्टीको नेतालाई राजनेताको संज्ञा दिँदा अप्ठ्यारो लागेन? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘उनी राजनेता नै हो । मनैदेखि लागेको हो । भन्न अप्ठ्यारो छैन ।’
ओलीले नक्कली शैक्षिक प्रमाणपत्रलाई लिएर पक्राउ परेका शर्माको बचाउ गरेका छन् । उनको आवाजबाट सरकार तर्सिएको ओलीको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया