शनिबार, वैशाख २२, २०८१

टोयोटाकाे Rumion MPV लन्च

नेपालखोज २०८० साउन २८ गते १६:४२

काठमाडाैं । टोयोटाले हालै भारतमा सबैभन्दा सस्तो नयाँ एमपीभी रुमीअन सार्वजनिक गरेको छ । मारुती अर्टिगामा आधारित य‍ो नयाँ एमपीभी टोयोटाको सबैभन्दा सस्तो कार हुने अपेक्षा गरिएको छ । यसको मूल्य आधिकारिक रूपमा सार्वजनिक नगरिए पनि करिब ९ लाख भारु हुनसक्ने बताइएकाे छ।

१.५ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल र सिएनजी पावरट्रेनमा उपलब्ध रुमीअनको लुक्स आकर्षक छ । यसको पावर १०३ एचपी र टर्क १३७ एनएम रहनेछ भने यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरवक्समा उपलब्ध हुनेछ ।

टोयोटाले के सिरिजको १.५ लिटर पेट्रोल इन्जिन नियो ड्राइभ (आईएसजी) टेक्नोलोजी र पेट्रोल भेरियन्टको लागि २०.५१ किमी/लिटरको इन्धन क्षमता र नयाँ मोडलको सीएनजी भेरियन्टमा २६.११ किलोमिटरप्रति किलोग्राम ई-सीएनजी जस्ता सुविधाहरू उपलब्ध गराएकाे छ ।

नयाँ एमपीभी रुमीअनमा नयाँ बम्पर, सुधारिएको फग ल्याम्प, इन्नोभा क्राइस्टाको जस्तै ग्रील र डुअल टोन अलोय ह्विल दिइएको छ । ७ सीट क्षमताको यो कारको इन्टेरियरमा व्ल्याक–आउट ड्यासवोर्ड र अपहोलेस्ट्रि उपलब्ध हुनेछ ।

एमपीभी रुमीअनको वुकिङ केहीदिन पछि नै खुल्ला गरिने र आगामी चाडपर्वको सिजनमा बिक्रीमा जाने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया