मंगलबार, जेठ ८, २०८१

स्मार्टफोनले भूकम्पको भविष्यवाणी गर्ने

नेपालखोज २०८० जेठ २८ गते १०:४८

काठमाडौं । गएको अक्टोबर २५, २०२२ मा क्यालिफोर्नियाको तटमा ५.१ म्याग्निच्युडको भूकम्प आयो। यो भूकम्प आउनुअघि नै मानिसको फोनमा भूकम्प आउँदैछ भन्ने अलर्ट आउन थाल्यो ।

गुगल र युनिभर्सिटी अफ क्यालिफोर्नियाका विज्ञहरू युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेसँग मिलेर भविष्यमा भूकम्पको भविष्यवाणी सम्भव बनाउने प्रविधिमा काम गरिरहेका छन्।

भूकम्प पत्ता लगाउन ७ सय सिस्मोमिटरको नेटवर्क निर्माण गरिएको छ । यो डाटा अमेरिकाको ओरेगन र वाशिंगटनमा उपलब्ध छ। अर्कातर्फ गुगलले आफ्नो नेटवर्क प्रयोग गरिरहेको छ, जसमा उसले मानिसहरूका फोन प्रयोग गर्दछ।

गुगल एन्ड्रोइड अपरेटिङ सिस्टम चलाउने लगभग सबै स्मार्टफोनमा एक्सेलेरोमिटर हुन्छ। यो निकै संवेदनशील छ । जब फोनमा केहि हेर्न तेर्सो पारेर फोन होल्ड गरिन्छ तब यसले स्वचालित रूपमा स्क्रिनको दिशा परिवर्तन गर्दछ। यसको सहयोगले हिँड्दा मान्छेले कति पाइला चाल्यो थाहा हुन्छ । यी एक्सेलेरोमिटरले सानो सिस्मोमिटर जस्तै काम गर्छन्।

गुगलले एन्ड्रोइड भूकम्प चेतावनी प्रणाली तयार पारेको छ। फोनमा यो प्रणालीलाई अनुमति दिएपछि यसले फोनबाट प्राप्त भूकम्पको प्रारम्भिक कम्पनहरू आफ्नो प्रणालीमा पठाउँछ।

एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीले केही लाख फोनबाट आउने डाटाको विश्लेषण गर्छ र कुन क्षेत्रमा भूकम्प जाँदैछ भनेर भविष्यवाणी गर्छ।

सरल भाषामा भन्नुपर्दा, जब भूकम्प आउँछ मानिसले त्यसको कम्पन पछि महसुस गर्छ, तर हाम्रो स्मार्टफोनले ती लहरहरू पहिले नै महसुस गर्न सक्छन ।

प्रतिक्रिया