कम्बोडियाको विद्यालयभित्र दुई हजारभन्दा बढी विष्फोटक पदार्थ फेला

नेपालखोज २०८० साउन २८ गते १९:०१

कम्बोडिया । कम्बोडियाको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयभित्र गृहयुद्धका समय राखिएका दुई हजारभन्दा बढी हतियार फेला परेको अधिकारीहरूले आइतबार बताएका छन् ।

सन् १९६० को दशकमा सुरु भएको क्रूर द्वन्द्व र अमेरिकी बमबारी अभियानको दशकौंपछि पनि यो देश विश्वमै सबैभन्दा बढी विस्फोटक पदार्थ उत्खनन् गरिएको देशमध्ये एक हो ।

कम्बोडियाली माइन एक्सन सेन्टरका महानिर्देशक हेङ रतनाले तीन दिनको अवधिमा क्रेटी प्रान्तको एक उच्च माध्यमिक विद्यालयको प्राङ्गणभित्र एक हजारभन्दा बढी एम-७९ ग्रेनेडसहित दुई हजारभन्दा बढी विस्फोटक पदार्थ फेला परेको जानकारी दिए । उनले एएफपीलाई बताएअनुसार विद्यालयले बगैँचा विस्तारका लागि जग्गा खाली गरेपछि विस्फोटक पदार्थको अवशेष फेला परेको हो ।

कम्बोडियाको गृहयुद्ध सन् १९७५ सम्म चलेको थियो जसमा संयुक्त राज्य अमेरिका र तत्कालीन उत्तर र दक्षिण भियतनामले दुई पक्षलाई समर्थन गरेका थिए । विगत चार दशकमा अमेरिकी बम अभियान र बाँकी रहेका ‘माइनफिल्ड’ हरूको दुःखदप्रभाव लामो समयदेखि महसुस गरिएको छ ।

यो अवधिमा करिब २० हजार कम्बोडियालीहरू बारूदी सुरङ्ग वा बममा कुल्चेको, खेलाएको वा चलाएको कारण मारिएका छन् । सरकारले सन् २०२५ सम्ममा सबै खानी र नफुटेका हतियार सफा गर्ने प्रतिबद्धता जनाएको र आजसम्म पनि उत्खनन् र व्यवस्थापनको काम जारी छ । rss

प्रतिक्रिया