भीडन्तमा पाकिस्तानमा ४ आतङ्कवादी र एक सैनिकको मृत्यु

नेपालखोज २०८० साउन २८ गते २१:१६

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा चार आतङ्ककारी र एक सैनिकको मृत्यु भएको छ । घटना शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको बताइएको छ ।

प्रान्तको बाजौर जिल्लामा आधारित कारबाहीका चलेको सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अपरेसनको क्रममा सुरक्षा बल र आतङ्ककारीहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको थियो ।’ सुरक्षा बलहरूले आतङ्ककारीहरूबाट आत्मघाती भेस्ट सहित हतियार, गोला बारूद र विस्फोटक पदार्थहरू बरामद गरेको छ । मारिएका आतङ्ककारीहरू यसअघि पनि थुप्रै आतङ्ककारी गतिविधिमा सक्रिय रहेको बुझिएको छ । rss

प्रतिक्रिया