बुधबार, जेठ २, २०८१

जर्ज वाशिंगटनको यो पाठ

नेपालखोज २०८० साउन २९ गते ५:३८

काठमाडौं । एकपटक अमेरिकी राष्ट्रपति जर्ज वाशिङटन सहरको अवस्थाका बारेमा जानकारी लिन बाहिर गएका थिए । बाटोमा एक ठाउँमा निर्माण कार्य चलिरहेको थियो ।

उनी केही बेर त्यहाँ रोकिएर चलिरहेको कामलाई ध्यानपूर्वक हेर्न थाले । उनले देखे कि धेरै कामदारहरूले ठूलो ढुङ्गा उठाएर भवनमा लान खोजिरहेका थिए। ढुङ्गा धेरै भारी थियो। ठेकेदारले ती मजदुरलाई गाली गर्दै आएको थियो ।

जर्ज वाशिंगटनले ती सबैदृश्य हेरिरहेका थिए। त्यस पछी ठेकेदारकहाँ पुगेर उनले भने, ‘यी मजदुरलाई किन सहयोग नगर्ने ? एक जनाले थप प्रयास गरे यो ढुङ्गा उठ्न सक्छ।’ ठेकेदार सुरुमा केही बोलेनन्, त्यसपछि राष्ट्रपति जर्ज लाई माथि देखि तलसम्म हेर्दै रोब पुर्वक भने, ‘ म अरूबाट काम लिन्छु, आफैले काम गर्दिनँ। जवाफमा वाशिंगटन आफ्नो घोडाबाट ओर्लिए र ढुङ्गा उठाउन मजदुरहरूलाई मद्दत गर्न थाले। उनको सहयोगमा मजदुरहरु ढुङ्गा उठाउन सफल भए ।

त्यसपछि वासिङ्टनले आफ्नो घोडामा बसेर भने, ‘सलाम ठेकेदार साहब, भविष्यमा कुनै व्यक्तिको अभाव महसुस भयो भने राष्ट्रपति भवनमा आएर जर्ज वाशिङटनलाई सम्झनुहोस्।’

उनको कुरा सुनेर ठेकेदार छक्क परे । उनि राष्ट्रपतिको खुट्टा समात्दै माफी माग्न थाले । ठेकेदारलाई माफी दिदैं वासिङ्टनले भने, ‘मेहनत गरेर कोही पनि सानो हुदैन । मजदुरलाई सहयोग गरे सम्मान नै मिल्छ ।

सम्झनुहोस्, सँधै सहयोग गर्न तयार हुनेले मात्र समाजमा प्रतिष्ठा पाउँछ। जीवनमा उचाइ हासिल गर्न आनीबानीमा नम्रता हुनु धेरै जरुरी छ । त्यस दिनदेखि ठेकेदारको व्यवहारमा पूरै परिवर्तन आयो र उसले सबैसँग धेरै नम्र व्यवहार गर्न थाल्यो ।

प्रतिक्रिया