वैज्ञानिकहरूको चेतावनी : नदेखिने परिस्थिति सँग संघर्ष गरिरहेको छ पृथ्वी

काठमाडौं । वैज्ञानिकहरूले तापक्रममा कीर्तिमानी वृद्धि, समुद्रको सतहको तापक्रम र अन्टार्कटिक समुद्री बरफ एकपछि अर्को गरी पग्लिने चेतावनी दिएका छन् । वैज्ञानिकहरूले यस्ता घटनाको आवृत्ति अभूतपूर्व भएको बताएका छन् । संयुक्त राष्ट्रसंघले पनि तीव्र गर्मीको लहरलाई ‘सबैभन्दा घातक प्राकृतिक प्रकोप’ भनेको छ जसले थप रेकर्ड तोड्न सक्छ।
गत वर्षको बाढीबाट भएको विनाशबाट पाकिस्तान अझै पूर्ण रूपमा मुक्त हुन सकेको छैन भने यो वर्ष फेरि एकपटक भारी मनसुनी वर्षाको सामना गरिरहेको छ । गत वर्षको बाढीमा पाकिस्तानमा १ हजार ५ सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौं हेक्टर खेतीपाती पानीमा डुबेको थियो ।
यता लाहोरमा यो वर्ष अहिलेसम्म दुई दर्जन व्यक्तिको मृत्यु भैसकेको छ । भारतको ठूलो हिस्सा यो वर्ष अत्यधिक वर्षाको चपेटामा परेको छ। भारतको ४० प्रतिशत भूभाग अत्यधिक वर्षा र बाढीको चपेटामा परेको अवस्थामा देशको ठूलो भूभाग अझै पनि वर्षाको पर्खाईमा छ ।
यो परिस्थितिबाट भारत र पाकिस्तानका छिमेकी नेपाल सहित बंगलादेश र श्रीलंका पनि अछुतो छैनन् ।
यो प्रतिवेदन अनुसार आगामी वर्षहरूमा शहरहरुले तातो हावा, उच्च तापक्रम र हावामा आर्द्रता कम हुने जस्ता चुनौतिहरूको सामना गर्न सक्नेछन ।

प्रतिक्रिया