अफगानिस्तानको जेलमा १६ विदेशी बन्दी
नेपालखोज
२०८० साउन २९ गते ७:३७

अफगानिस्तान । अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ ।
पाँच महिला सहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको बख्तरले जेल अधिकारी मोहम्मद युसुफ मेस्तारीले जनाए ।
अफगानिस्तानको जेलमा १६ विदेशी र १ हजार १९४ महिलासहित १६ हजारभन्दा बढी बन्दी रहेको समाचार एजेन्सीले सार्वजिनक गरेको हो ।
जेलमा रहेका विदेशी बन्दीहरू कुन-कुन देसखा हुन् भन्ने बने सार्वजिन गरिएको छैन। तर अधिकारीहरूले बन्दीहरू अपराधमा संलग्न रहेको भन्दै कुनै पनि राजनीतिक बन्दी नरहेको स्पष्ट पारेको छ ।
सम्बन्धित

प्रतिक्रिया