घरबाहिर भएका बुबाहरूले गर्नुपर्ने कार्यहरू
नेपालखोज
२०८० साउन २९ गते १०:१६

वैदेशिक रोजगारी तथा अन्य कारणले घरबाहिर भएका बुबाहरूले पनि सूचना प्रविधिको प्रयोग गरि निम्न तरिकाले बालबालिकासँग सुमधुर सम्बन्ध राख्न सक्छन्:
- बालबालिकालाई दैनिक निश्चित समय निर्धारण गरी फोन वा भिडियो कल गर्ने गर्नुपर्छ ।
- उनीहरूको उमेरअनुसार बुझ्ने गरी हाउभाउसहित स्वरहरू उतारचढाव गरेर सही थाप्ने ‘ए… हो ..र, अनि… के भयो नी ?’ जस्ता खुल्ला प्रश्नहरू सोधेर उनीहरूलाई धेरै बोल्न उत्प्रेरित गर्ने गर्नुपर्दछ ।
- कुराकानीमा पहिले बालबालिकाको दिनभरिको क्रियाकलापहरू सुन्ने र आफूले पनि आफ्नो दिनभरिका घटनाहरू बताउने गर्नुपर्दछ ।
- अनावश्यक रूपमा आफू आउँछु भनेर वा अन्य झुठा बाचाहरू गर्नुहुँदैन ।
- घरका अन्य सदस्यहरू, श्रीमती, आमाबुबासँगपनि बालबालिकाको बारेमा सोधपुछ गर्ने, खाना कसरी खुवाएको छ ? खेल, कुराकानी गराएको छ छैन ? विद्यालयमा रमाएको छ छैन ? दैनिक गृहकार्य गरेको छ छैन ? सोधिखोजी गर्नुपर्दछ ।
युनिसेफ नेपाल
सम्बन्धित

प्रतिक्रिया